घुमौं लुम्बिनी शीर्षकमा अन्तर्राष्ट्रिय टिकटक प्रतियोगिता सम्बन्धी सूचना
२५६७ औं बुद्धजयन्तीको अवसरमा लुम्बिनी विकास कोष र नेपाल पर्यटन बोर्डको आयोजना
एंव आईआरयू टेक प्रा.लीको प्राविधिक सहयोगमा घुमौं लुम्बिनी टिकटक प्रतियागिता हुन
गइरहेकाले देश तथा विदेशबाट प्रतियोगितामा सहभागी हुन अनुरोध गर्दछौं ।
प्रतियोगिताबारे जानकारीहरु
भगवान बुद्धको जन्मस्थल लुम्बिनीलाई बुद्ध धर्म र विश्व शान्तिको मुहानका रुपमा
प्रवद्र्धन गर्ने गरि सृजनात्मक रुपमा टिकटक भिडियो बनाउनुपर्नेछ ।
प्रतियोगितामा विश्वभरबाट सहभागी हुन खुल्ला गरिएको छ ।
भिडियो मौलीक हुनुपर्नेछ ।
प्रतियोगितामा सहभागी हुनका लागि www.ghumaulumbini.com मा आफ्नो
नाम, सम्पर्क नम्बर र टिकटक खाता दर्ता गर्नुपर्नेछ । साथै #GhumauLumbini
ह्याजट्याग गर्नुपर्छ ।
प्रतियोगिताको अवधि २०८० बैशाख १० गतेदेखि २० गतेसम्म रहनेछ ।
बिशेषज्ञ मूल्यांकन समितिले टिकटक प्रतियोगिताको विजेता २०८० बैशाख २१ गते
घोषणा गरिनेछ ।
विजेताहरुलाई नगद सहित गिफ्ट ह्यापरबाट पुरस्कृत गरिनेछ।
थप जानकारीका लागि टिकटक पेज "ghumaulumbini " र www.ghumaulumbini.com
हेर्न सक्नुहुनेछ ।
अनुरोधक
लुम्बिनी विकास कोष, लुम्बिनी