Government of Nepal
Ministry of Culture, Tourism and Civil Aviation

LUMBINI DEVELOPMENT TRUST

Flag Flag

Search

प्रेस विज्ञप्ती

2 Years ago   June 30, 2024   Visted:543  

कपिलवस्तु जिल्लाको पर्यटकीय स्थल सगरहवामा लुम्बिनी विकास कोषले विभिन्न संस्थाहरुको साझेदारीमा २३ चैत्रबाट गर्न लागेको कपिलवस्तु राष्ट्रिय मुर्तिकला कार्यशाला हेरिटेज प्रभाव मुल्यांकन प्रतिवेदन नआई सकेका कारण केही दिन पर सरेको छ ।

हिजो कार्यशाला संयोजक कपिलवस्तु नगरपालिका मेयर सुदिप पौडेल र लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भटराई, कोषका पुरातत्व महाशाखा प्रमुख हिमाल उप्रेति सहित मुर्तिकारहरुको टोलीले स्थलगत तयारीको पनि अवलोकन गरयो ।

अवलोकन पश्चात ढुंगा व्यवस्थापनको पुर्णता र बिद्युत व्यवस्थापन हुन बांकी रहेको, मुर्तिकारहरुले ढुंगाको थ्रिडि तस्वीर प्राप्त गरे पश्चात मात्र बनाउने मुर्तिको म्याकेट पठाउने  प्राविधिक काममा ढिला समेत भएकोले केही दिन समय सार्नुपर्ने अवस्था आएको हो ।

विज्ञ समुहको राय सुझाव अनुसार ढुंगा सेटलमेण्ट २३ चैत्रमा, थ्रिडि तस्वीर सगरहवाको एतिहासिक तथ्य सम्बन्धी मुर्तिकारहरुलाई प्रदान गरी अध्ययन गर्ने समय चैत्र ३० सम्म,  विसं २०८० वैशाख ४ गते मुर्तिकार विज्ञ समुह, बौद्ध धर्मगुरु, बिश्व बिद्यालयका सम्बन्धीत बिषयका प्रोफेसर सहितको भर्चुअल कार्यशाला, यस पश्चात बैशाख १० गते भित्र मुर्तिकारहरु संग सगरहवाको बौद्धकालिन कथामा आधारित म्याकेट प्रदान गर्ने र वैशाख १२ देखि १५ गते भित्र म्याकेट फाइनल गरी छनौट भएको मुर्तिकार संग संझौत ागर्ने कार्यसुचि तय भएको छ ।

त्यसपछि मात्र मुर्तिकला कार्यशाला आरम्भ गर्ने मिति तय हुने छ । यस विचमा हेरिटेज प्रभाव मुल्याकन प्रतिवेदनको निष्कर्ष पनि आउने हुँदा यो कार्यतालिका तय गरिएको छ ।

कार्यतालिकामा भएको हेरफेरले साझेदार र सहयोगी संस्थाहरु प्रति पर्न गएको असुविधा प्रति क्षमा चाहन्छौ ।