Government of Nepal
Ministry of Culture, Tourism and Civil Aviation

LUMBINI DEVELOPMENT TRUST

Flag Flag

Search

प्रतिनिधी सभा अन्तराष्ट्रिय सम्बन्ध समितीको प्रतिनिधी मण्डलको लुम्बिनी भ्रमण

2 Years ago   June 30, 2024   Visted:384  

लुम्बिनी, १३ असोजः प्रतिनिधी सभा अन्तराष्ट्रिय सम्बन्ध समितीको एक प्रतिनिधी टोलिले आज लुम्बिनीको स्थलगत निरीक्षण गरेको छ । उक्त समितीले लुम्बिनीको भ्रमण पश्चात लुम्बिनीमा अन्तराष्ट्रिय शान्ति केन्द्र स्थापना गर्र्न सरकारलाई सुझाब दिने बताएको छ ।समितीका सदस्यहरु दिब्यामणी राजभन्डारी, मोहन बानिया, नारदमुनि राना, रेनुका गुरुंग, सरला यादव, पुस्पा कर्ण कायस्थ, समितीका सचिव सुरज दुराले लुम्बिनीको स्थलगत अध्ययन पश्चात कोषको प्रधान कार्यलयमा आयोजित कार्यक्रममा उक्त कुरा बताएका हुन् ।

सांसदहरुलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तय्यले भन्नुभयो, “ लुम्बिनीमा अन्तराष्ट्रिय शान्ति केन्द्र स्थापना गर्र्न सकिन्छ , त्यसको लागि माननियहरुले समिती मार्फत सरकारलाई सुझाब दिनुभयो भने संयुक्त राष्ट्रसंघको एजेन्सीको रुपमा रहेको शान्ति केन्द्र लुम्बिनीमा स्थापना गर्न सकिन्छ । ”

उपाध्यक्ष मेत्तय्यले शान्ति केन्द्रकोलागि लुम्बिनी विकास कोषले भवनको व्यवस्थापन गर्न सघाउने पनि बताउनुभयो । सो अवसरमा उहाँले बिहार एवं मन्दिरहरुमा आउने भिक्षुहरुको भिषा थपमा सहजीकरण गरिदिन पनि आग्रह गर्नुभयो । लुम्बिनीमा रहेका विभिन्न देशका विहार तथा मन्दिरमा आउने भिक्षु भिक्षुणीहरुको भिषाको समयावधि थप्दा विकास कोषबाट संस्कृति तथा पर्यटन एवं नागरिक मन्त्रालय अनि त्यहाँबाट गृह हुदै परराष्ट्रमा पठाउने लामो प्रक्रिया छ । उक्त प्रक्रियाको कारण धेरै भिक्षु भिक्षुणीहरु समस्यामा परेका छन् ।

लुम्बिनी विकास कोषको लागि समितीको तर्फबाट आवश्यक सहयोग गर्ने सांसद दिब्यामणी राजभन्डारीले बताउनुभयो । यसैगरी अर्का सांसद नारदमुनि रानाले  परराष्ट्रमन्त्रालय , सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको समितीले काठमान्डौं फर्केपछि समितीको बैठक बसेर उपाध्यक्ष मेत्तययले राखेका कुराहरु सहित आफुहरुले देखेका कुराहरु प्रतिबेदन बनाई सरकारलाई सुझाब दिने कार्यन्वयन गराउन पहल गर्ने बताउनुभयो । 

सांसदहरुलाई विकास कोषका योजना प्रमुख सरोज भट्टाराई, सूचना अधिकृत राजन बस्नेतहरुद्वारा लुम्बिनी गुरुयोजना तथा लुम्बिनीको पुरातात्वीक एवं सास्कृतिक महत्वका बारेमा सांसदहरुलाई जानकारी गराउनुभएको थियो ।