Government of Nepal
Ministry of Culture, Tourism and Civil Aviation

LUMBINI DEVELOPMENT TRUST

Flag Flag

Search

लुम्बिनीमा मनाइयो २५६७ औं बुद्धजयन्ती एंव लुम्बिनी दिवस

2 Years ago   July 02, 2024   Visted:462  

लुम्बिनीमा मनाइयो २५६७ औं बुद्धजयन्ती एंव लुम्बिनी दिवस

लुम्बिनी - लुम्बिनी विकास कोषको आयोजनामा २५६७ औं बुद्धजयन्ती एंव लुम्बिनी दिवस भव्यताका साथ २०८० साल बैशाख २२ गते मनाइएको छ । बुद्धजन्मस्थल लुम्बिनी सहित बृहत्तर लुम्बिनी क्षेत्रमा भव्य कार्यक्रमका विच बुद्धजयन्तीलाई उत्सवका रुपमा मनाइएको हो ।

२५६७ औं बुुद्धजयन्ती एंव लुम्बिनी दिवस २०८० बिशेष समारोहलाई प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्नुभयो । सम्बोधनमा प्रधानमन्त्री प्रचण्डले बृहत्तर लुम्बिनी क्षेत्रका  ऐतिहासिक सम्पदाहरूको संरक्षण गर्दे दिगो विकासका लागि सरकारले गुरुयोजना बनाएर विकास गरिने बताउनुभयो । लुम्विनीको द्रुत विकासका लागि सरकारले लुम्विनीलाई राष्ट्रिय गौरवको आयोजनामा सामेल गरी लुम्विनी गुरुयोजनाको कार्य अगाडि बढाइरहेको उहाँले बताउनुभयो ।

प्रचण्डले कपिलवस्तु क्षेत्र, देवदह क्षेत्र तथा रामग्रामको पुरातात्विक उत्खनन्, संरक्षण, प्रवद्र्धन तथा विकास गरी स्थानीयबासीलाई विकासको प्रतिफल दिलाउने गरि काम गर्ने बताउनुभयो  । उहाँले सरकारले २०६८ सालमा गठन गरेको बृहत्तर लुम्बिनी राष्ट्रिय निर्देशक समितिको अध्यक्षको हैसियतमा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आफूू न्युयोर्क पुगेर संयुक्त राष्ट्रसंघका तत्कालिन महासचिव बान कि मुनसँग समेत बृहत्तर लुम्बिनी क्षेत्रको दिगो विकासका लागि छलफल गरेको स्मरण गर्नुभयो  ।

 प्रधानमन्त्री दाहालले सम्भावित विश्व सम्पदा सूचीमा सन् १९९६ देखि सूचीकृत प्राचीन कपिलवस्तुको राजधानी शहर तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने प्रक्रियालाई राष्ट्रिय प्राथमिकतामा राखी प्राचीन स्मारक संरक्षण क्षेत्र बताउनुभयो । प्रधानमन्त्री दाहालले पपछिल्लो समय अहिंसावादी बौद्ध दर्शनको सान्दर्भिकता अझ बढ्दै गएको बताउनुभयो ।

संसारका प्रायः सबै धर्म–संस्कृतिले जीवन र जगत्को सारतत्व मनन गरेर उज्यालो पक्षको अनुसरण गर्न प्रेरित गर्छन् । दार्शनिक दृष्टिले यस दर्शनको सबैभन्दा महत्वपूर्ण विषय प्रतीत्य–समुत्पाद हो । यसको शाब्दिक अर्थ हो, सापेक्ष कारणतावाद अर्थात् कुनै एक वस्तुको उपस्थितिमा अर्को वस्तुको उत्पत्ति हुनु । शून्यता र भविता अर्थात् केही नहुनुको भावार्थमा केही हुनु भन्ने आयामको गहनतालाई प्रतीत्य–समुत्पादले बुझाउँछ’ प्रधानमन्त्रीले भन्नुभयो  ।

 

 उहाँले अनात्मा र अनित्यलाई स्वीकार गर्ने वैभाषिक र सौत्रान्तिक सिद्धान्तले वस्तुको परिवर्तित गुणलाई स्वीकार गरेको बताउनुभयो  । ‘दार्शनिक दृष्टिले प्रतीत्य–समुत्पादभित्र ३ दाशर्निक पक्ष छन्, अनीश्वरवाद, अनित्यवाद र क्षणिकवाद । मौर्य वंशका चक्रवर्ती राजा अशोक युद्धबाट शान्तिको मार्ग अनुशरण गर्दा जीवनको उत्तरार्धमा बुद्धका अनुयायी भएको प्रसङ्ग हाम्रो सन्दर्भमा विशेष स्मरणीय छ’ उहाँले भन्नुभयो।

प्रधानमन्त्री दाहालले बुद्धजन्मस्थल लुम्बिनी धार्मिक पर्यटनको माध्यमबाट असीमित सम्भावना भएको स्थल रहेको बताउनुभयो । संसारभरिका चार अर्बभन्दा बढी बौद्ध समुदायले जीवनमा एकपटक आउनैपर्ने पवित्रस्थलका रूपमा रहेको लुम्विनीको सम्भाव्यता अथाह रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले प्रचुर सम्भावना हुदाँहुँदै पनि ती सम्भावनालाई सदुपयोग गर्न नसक्नु कमजोरी भएको बताउनुभयो  ।

कार्यक्रममा सँस्कृती पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातीले बुुद्धको जीवनबाट त्यागको सन्देश ग्रहण गर्नुपर्ने बताउनुभयो  । उहाँले समाजमा रहेको विभेद अन्त्यका लागि बुद्धले परिवर्तनको मार्ग अगालेको बताउनुभयो । उहाँले लुम्बिनीलाई धार्मिक र साँस्कृतिक रुपमा मुलुुकको कुटनितिका रुपमा विकास गर्न सकिने बताउनुभयो ।

मन्त्री किराँतीले बुद्धजन्मस्थल लुम्बिनी आउने पर्यटकलाई लक्षित गरि स्थापना गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नियमित उडानका लागि पहल भइरहेको बताउनुभयो । उहाँले जेठ १६ गतेदखि नेपाल एयरलायन्सको विमानस्थलले उडान गर्ने समेत जानकारी दिनुभयो  ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुुख्यमन्त्री डिल्लि बहादुर चौधरीले बुद्धसर्किटको सम्भावना भएर पनि पूूरा हुन नसक्दा बुद्धको सन्देश प्रवाह गर्न समस्या भएको बताउनुभयो  । उहाँले रुपन्देही, नवलपरासी र कपिलबस्तुलाई शान्ति क्षेत्र घोषणा गर्न संघीय सरकारसँग माग गर्नुभयो  । साथै उनले लुम्बिनी विकास कोषलाई प्रदेश संरचनामा ल्याउनुपर्ने बताउनुभयो  ।

कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तैयले बुद्ध जन्मस्थल लुम्बिनी विश्वका चार अर्ब बढि बौद्धमार्गीहरुको आस्थाको धरोहर रहेकाले यसलाई समय अनुुकुुल विकास गर्दै लगिने बताउनुभयो । बिशेष समारोहमा नेपालका लागि चिनियाँ राजदुत छेन् सोङ्ग, यूएनडिपिका नेपाल प्रतिनिधि आसियानी लावेले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले सञ्चालन गर्नुभएको थियो ।

 

चार जना सम्मानीत

बुद्धजयन्ती एंव लुम्बिनी दिवस समारोहमा विभिन्न बिशिष्ट व्यक्तिहरुलाई सम्मान समेत गरेको छ । धम्मावती गुरुमा,  बरिष्ठ पुरातात्वविद् बसन्त विडारी, बौद्धविद्धान डुण्डबहादुर ब्रज्रचार्य, होटल व्यवसायी गोविन्द ज्ञवालीलाई सम्मान गरिएको छ ।

यस्तै सोही अवसरमा कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो ।  सम्मेलन अघि मायादेवि मन्दिर हुँदै सम्मेलन केन्द्रसम्म विभिन्न झाकी सहितको शान्ति ¥याली निकालिएको थियो ।

बिशेष समारोहपछि प्रधानमन्त्री दाहालले चिनियाँ विहारको कार्यक्रममा सहभागिता जनाउनुभएको थियो । त्यस्तै सस्कृती पर्यटन तथा नागरिक उडडयनमन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यतामा बुद्धदर्शनसँग सम्बन्धित ‘पटाचारा’ नाटक समेत प्रदर्शन गरिएको थियो ।

बुद्धजयन्तीको अघिल्लो दिन र सोही दिन मायादेवि मन्दिर परिसरमा परित्राठ पूजा एंव दीप प्रज्वलन गरिएको थियो । मायादेवी मन्दिर, पुष्करणी पोखरी र अशोक स्तम्भ वरपर भगवान बुद्धप्रति सम्मान सहित दीप प्रज्जवलन गर्नेहरुको ठूलो भिड लागेको थियो । बुद्धजयन्तीका दिनमा मात्रै ३२ हजार बढि पर्यटकहरु लुम्बिनी आएको तथ्यांकले देखाएको छ ।

रामग्राममा अस्तुधातु जात्रा

२५६७औं बुद्ध जयन्तीका अवसरमा लुम्बिनी विकास कोष र रामग्राम नगरपालिकाको संयुक्त आयोजनामा बुद्ध अस्तुधातुको रथ यात्रा गरिएको छ । बैशाख २२ गते यहाँ पहिलो पटक अस्तुधातुको रथ यात्रा र बुद्धजयन्ती समारोह आयोजना गरिएको हो । पण्डितपुरबाट बुद्धको अस्तुधातुको अवेशष राखेको रथ यात्राले रामग्राम क्षेत्र परिक्रमा गरेको थियो ।

श्रीलंकाबाट पठाइएको उक्र अस्तुधातुको अवेशष लुम्बिनी विकास कोषमार्फत रामग्राममा परिक्रमा गराउन ल्याइएको थियो । बुद्धका आठ अस्तुधातुमध्ये अन्य सबै क्षेत्रका निकालिए पनि रामग्रामको भने निकाल्न नसकेकाले यो क्षेत्रलाई लुम्बिनीपछिको दोस्रो बुद्ध स्थलका ऐतिहासिक रूपमा लिइएको छ । लुम्बिनीमा भएको बिशेष समारोहलाई सम्बोधन गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल यहाँ पुग्नुभएको थियो ।

उक्त अवसरमा बोल्दै प्रधानमन्त्री ’प्रचण्ड’ले आफ्नो पूरै ध्यान बुद्ध सर्किटको अवधारणामा रहेको बताउनुभयो । आफू बृहत्तर लुम्बिनी विकास समितिको अध्यक्ष रहँदा लुम्बिनी गुरुयोजनाका विषयमा संयुक्त राष्ट्र संघमा समेत कुरा उठाएको र संयुक्त राष्ट्र संघबाट सहयोग गर्ने प्रतिबद्धता जनाएकाले अब त्यसभित्रको बुद्ध सर्किटको कामलाई तिव्रता दिने प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।

 

विश्वको एकमात्र गौतम बुद्धको अस्तुधातु रहेको रामग्रामको विकासका लागि पेस भएको रामग्रामको गुरुयोजना पूरा गर्न सरकारले काम गर्ने विश्वास दिलाउनुभयो ।

कार्यक्रममा रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले रामग्राम ओझेलमा पर्नुमा सरकारले लुम्बिनीलाई मात्र महत्व दिएको बताउनुभयो । रामग्राममा आयोजित कार्यक्रममा संस्कृती पर्यटन तथा नागरिक उडडयन राज्यमन्त्री सुशिला श्रीपाली, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय, बोर्ड परिषद सदस्य प्रकाश भट्टराई लगायतको उपस्थिती थियो ।

शिशु सिद्धार्थको शोभायात्रा तथा प्रसुती उत्सव

लुम्बिनीमा जन्मिएका शिशु सिद्धार्थ गौतमलाई राजकिय सम्मानका साथ बैशाख २३ गते गृहनगर कपिलवस्तुमा भित्राईएको छ । प्राचिन कपिलवस्तु दरबार (तिलौराकोट) मा बुद्धजयन्ती तथा प्रसुती उत्सवको आयोजना गरि शिशु सिद्धार्थलाई भित्राईएको हो ।

बुद्धका पिता राजा शुद्धोधनले छोरा राजकुमार सिद्धार्थ जन्मिएपछि कपिलबस्तुको तिलौराकोटबाट बाजागाजासहित सेना पठाएको बौद्व धर्मग्रन्थमा उल्लेख छ ।

 लुम्बिनी विकास कोषले २५६७ औं वुद्धजयन्तीको अवसरमा शिशु वुद्धलाई बाजागाजा सहित २६ किमिको भव्य शोभायात्रा निकालेको हो । लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी शंकर हरि आचार्यलाई शिशु बुद्व (बोधिसत्व सिद्वार्थ)को धातुको मूर्ति हस्तान्तरण गरि प्राचीन तिलौराकोट दरबार पठाइएको हो ।

 बुद्धकी आमा मायादेवी माइतीघर देवदह नपुग्दै लुम्बिनीमा जन्मेका सिद्धार्थलाई गृहनगर तिलौराकोट लैजादाको उत्सवलाई स्मरण गरि बोधिसत्व सिद्धार्थलाई लुम्बिनीबाट तिलौराकोट पठाइएको सदस्य सचिव सानुराजा शाक्यले बताउनुभयो ।

लुम्बिनीबाट शिसु बुद्ध तिलौराकोट दरबार लगिएपछि तिलौराकोटमा प्रसुती उत्सवको कार्यक्रम गरिएको छ । कार्यक्रममा कृषी तथा पशु पन्छी बिकास मन्त्री डाक्टर बेदुराम भुसालले बृहत्तर लुम्बिनी बिकासको योजनामा कपिलवस्तु र नवलपरासीको बुद्धस्थलको समान बिकासको आवश्यकता रहेको बताउनु भयो । उहाँले कपिलवस्तु बिकासका लागि छुट्टै योजना कार्यान्वय गर्नुपर्ने बाउनुभयो ।

 

 त्यस्तै कार्यक्रममा लुम्बिनीमा भव्य कार्यक्रम हुने गरे पनि कपिलवस्तुको कार्यक्रममा मन्त्रालय र कोषले चासो नलिनु दुखद भएको कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले बताउनुभयो । 

प्रसुती उत्सव कार्यक्रममा स्थानिय, प्रतिनिधीसभा सदस्य रुपा बिक, पुर्वमन्त्री दिप कुमार उपाध्याय, प्रदेशसभा सदस्य सुधाकर पाण्डेय लगायतले लुम्बिनीको छायामा कपिलवस्तु परेकाले कपिलवस्तुको बिकासका लागी छुट्टै बिकास कोष आवश्यक रहेको बताउनु भएको थियो ।

 कार्यक्रममा लुम्बिनी विकास कोषका कार्यकारिणी सदस्य रामनरेश प्रसाद कोहार, परिषद सदस्य गोपिकृष्ण शर्मा लगायतले बोल्नुभएको थियो। कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, बोर्ड सदस्य नेत्र शाही, विश्वराज पौडेल परिषद सदस्य धनराज कंडेल लगायतको उपस्थिती रहेको थियो । 

देवदहमा देवदहसुत्त प्रवचन

यस्तै देवदहमा कोष र देवदह नगरपालिकाको आयोजनामा देवदह सुत्त ÷नारी प्रवचन कार्यक्रम गरि बुद्धजयन्ती मनाइएको छ ।

कन्यामाई, बैरीमाई, भवानीपुर लगायतका सम्पदाहरुमा सरसफाई गरिएको थियो। यसैगरि देवदह नगरपालिका भवन, वडा कार्यालयहरुमा दीप प्रज्ववलन गरिएको थियो ।