मितीM २०८० असार ४ गते
घुमौ लुम्बिनी टिकटक च्यालेन्ज प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम सम्पन्न
प्रेस बिज्ञप्ति
भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी र यसको सेरोफेरोमा रहेका संस्कृति, पर्यटन, भेषभुषा लगायतका सबै कुरा समेटर लुम्बिनीको महत्व झल्काउने गरी छोटो समयमा अत्याधिक धेरै व्यक्तिहरु माझ पुग्ने उद्देष्यका साथ लुम्बिनी बिकाश कोष र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा बैसाख १० गते देखि जेठ २० गते सम्म भएको घुमौ लुम्बिनी टिकटक च्यालेन्ज प्रतियोगिता २०२३ को बिजेताहरुलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रि माननीय सुदन किराती ज्यूको हातबाट पुरस्कार वितरण गरि सम्पन्न गरिएको छ।
नेपाल पर्यटन बोर्डको हलमा सम्पन्न भएको उक्त पुरस्कार वितरण समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रि माननीय शुशिला श्रीपाली ठकुरी ज्यूले आफ्नो मन्तब्य राख्दै लुम्बिनी राष्ट्रको अमुल्य हिरा भएको तर यसको महत्व प्रभावकारी रुपमा बिश्वसामु फैलाउन नसकेको कुरा स्वीकार गर्दै प्रतियोगितामा भाग लिने सबैलाई बिशेष धन्यबाद तथा बधाई ज्ञापन गर्नु भएको छ । सोही कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्ड का प्रमुख कार्यकारी डा. धनन्जय रेग्मी ज्युले अहिलेको जमाना टिकटकको भएकोले यस प्रतियोगिताले लुम्बिनीको पर्यटन प्रबर्दनमा टेवा पुग्ने कुरामा आफु बिश्वस्त भएको बताउनु भएको छ।
लुम्बिनी बिकास कोषका सदस्य सचिब श्री सानुराजा शाक्यले टिकटकको छोटो-छोटो भिडियोबाट धेरै जानकारी पाउने युगमा आफु धेरै बोल्न नचाहने बताउदै सम्पूर्ण बिजेता र सहभागीहरुलाई लुम्बिनीको महत्वको बिषयमा २ करोड भन्दा धेरै व्यक्तिको माझ एकै पटक पूर्याउन महत्वपुर्ण भूमिका खेल्नुभएकोमा बिशेष धन्यबाद दिनुहुदै यो प्रतियोगिता गर्ने जिम्मा लिएर सफलता पुर्वक सम्पन्न गराएकोमा इरु टेक प्रा लि लाइ अझ बिशेष धन्यबाद प्रदान गर्नुभयो ।
प्रतियोगिताको महत्व, यसबाट भएको उपलब्धि, बिजेता छनौटको प्रक्रिया लगायतका बिषयमा बिजय बराकोटीले विस्तारमा जानकारी गराएको यस कार्यक्रममा माननीय मन्त्री सुदन किराती ज्यूले आफ्नो छोटो मन्तब्य राख्दै आयोजक संस्थाहरू, प्रतियोगितामा सहभागी सम्पुर्ण प्रतियोगीहरुलाई र आयोजना सम्पन्न गर्न सहयोगी भूमिका खेलेकोमा इरुटेक लगायत सबै संस्थाहरुलाई बिशेष धन्यबाद दिनुहुदै यस टिकटक च्यालेन्ज प्रतियोगिता प्रभावकारी रुपमा सम्पन्न भएकोमा आफु सन्तुष्ट रहेको र बिजेता साथीहरुलाई थोरै भएपनि पुरस्कार राशीबाट उहाहरुको हौसला बृद्दी गर्न सकेकोमा आफु हर्षित रहेको जानकारी गराउनुभयो।
लुम्बिनी बिकाश कोष
नेपाल पर्यटन बोर्ड
Nepali
English
